सानिमा बैंकको नगद लाभांशसम्बन्धी प्रस्ताव साधारणसभाबाट पारित

सोमबार, १२ असोज, २०८३
डिजिटल संस्करण

सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार २०८३ असार मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सर्वसाधारण  सेयरधनीहरूको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।

आर्थिक वर्ष ०८२/८३ मा ३.५५ अर्ब रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति २९१.२१ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको कुल निक्षेप २४९.९३ अर्ब र खुद कर्जा सापटी २०३.९९ अर्ब रुपैयाँ रहेको छ। आर्थिक वर्ष ०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।
 

सुझावित समाचार