सुनचाँदीको मूल्य बढ्यो

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज दुई लाख ५६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६२० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर चार हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुझावित समाचार