भुटानले पोखरामा अभ्यास गर्ने

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पुरुष टी–२० एसिया कप क्यालिफायरको तयारीका लागि काठमाडौं आइपुगेको छ । प्रतियोगिताको तयारीका लागि भुटानले पोखरालाई अभ्यास केन्द्रका रूपमा छनोट गरेको हो ।

गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले शनिबार टोलीको स्वागत गरेका छन् । टोलीले पोखरामा गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा चारवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । भुटानले पोखरामा पहिलो दुई अभ्यास खेल गण्डकी–११ विरुद्ध र त्यसपछिका दुई अभ्यास खेल क्यान–११ विरुद्ध खेल्नेछ । 

See More On

सुझावित समाचार