सरकारद्वारा दलित समुदायका थर सूचीकरणको नयाँ विवरण सार्वजनिक

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

सरकारले दलित समुदायको नयाँ परिभाषा गर्दै थर सूचीकरणको नयाँ विवरण सार्वजनिक गरेको छ। गत साता बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो । 

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी यससम्बन्धी निर्णय सार्वजनिक गरेको छ । 
सरकारले दलित समुदायको परिभाषा यसरी गरेको छ-

दलित समुदाय भन्नाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका, आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक, रोजगारीलगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान र बहिष्कारमा पारिएका श्रम, सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदाय सम्झनुपर्नेछ । 
सरकारले दलित समुदायले प्रयोग गर्ने १४०१ वटा थर पनि सार्वजनिक गरेको छ । 

सुझावित समाचार