बिहीबार सेयरबजार परिसूचक नेप्से ११.७७ अंकले बढेकाे छ । वृद्धिसँगै नेप्से दुई हजार ६२९ अंकमा पुगेको छ ।
बिहीबार उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले बढ्यो । नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टलगायत कम्पनीको मूल्य बढ्दा यो समूहमा आकर्षण देखिएको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार पाँच अर्ब ४४ करोडमा सीमित भयो । १७६ कम्पनीको मूल्य बढ्दा ९५ कम्पनी घटे भने सात कम्पनीको मूल्य स्थिर रह्यो ।