धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

एभरेस्ट बैंकले धनगढीमा शाखा विस्तार गरेको छ । बैंकले धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा विस्तार गरेको हो । साथै, सुदूरपश्चिममा आफ्नो नयाँ भवनसमेत उद्घाटन गरेको जनाइएको छ ।

त्यसैगरी, सुदूरपश्चिमको प्रादेशिक कार्यालयसमेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवा सोही भवनबाट प्रदान गरिने बैंकले जनाएको छ । यो शाखासँगै सुदूरपश्चिममा बैंकको शाखा संख्या १५ पुगेको छ । 

धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले शाखा तथा भवन संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उपमहानगरपालिका– ८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, बैंकका कर्मचारीलगायतको उपस्थिति थियो । क्याम्पस चोकमा आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै उक्त क्षेत्रको आर्थिक गतिविधि बढ्ने र समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

See More On

सुझावित समाचार