बाढी प्रभावितलाई प्रभु बैंकको बंक बेड

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण
  • बैंकले काठमाडौंस्थित पहेँलो गुम्बामा आश्रित परिवारलाई थप सहयोगस्वरूप ६ थान दुईतले खाट उपलब्ध गराएको हो 

प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६ थान दुईतले खाट (बंक बेड) हस्तान्तरण गरेको छ । बैंकले काठमाडौंस्थित पहेँलो गुम्बामा आश्रित परिवारलाई थप सहयोगस्वरूप ६ थान दुईतले खाट उपलब्ध गराएको हो । यस सहयोगबाट राहत तथा आश्रयस्थलमा बसोवास गरिरहेका प्रभावित परिवारलाई थप सहजता पुग्ने बैंकले विश्वास लिएको छ ।

यसअघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन भएका परिवारलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले यसअघि दुई करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा सहयोग गरेको थियो ।

यसका अलावा बाढीपीडित परिवारलाई बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्यागसमेत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो भने सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

सुझावित समाचार