भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक क्षेत्रलाई नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गरेका छन् । उनले अहिले नेपालमा लगानीका लागि उपयुक्त समय भएको समेत बताए ।

नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीलाई आमन्त्रण गरेका हुन् ।

उनले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका लागि ठुलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गरेका छन् । 

See More On

सुझावित समाचार