२०औँ एसियाली खेलकुदको क्रिकेटमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टी–२० टोलीको शनिबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहतालगायतले १५ खेलाडीसहित १९ सदस्यीय टोलीको बिदाइ गरेका हुन् ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टोली आइतबार जापान प्रस्थान गर्नेछ । खेलाडीमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, मोहम्मद आरिफ सेख, मोहम्मद आसिफ सेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।