जापानको नागोया सहरमा शनिबार भव्य समारोहबिच २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को उद्घाटन भएको छ ।
जापानिज संस्कृति तथा प्रविधिको उत्कृष्ट नमुना प्रस्तुत भएको उद्घाटनमा नेपालबाट बक्सर चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले झन्डा बोकेका थिए ।
थापाले विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जित्दै इतिहास रचेका थिए । मानमतीले चीनको हाङझाउमा भएको १९औँ एसियाडमा नेपाललाई कबड्डीमा ऐतिहासिक कांस्य पदक दिलाउँदा महत्वपूर्ण योगदान दिएकी थिइन् ।