हलसिटीसँग रोकियो चेल्सी

बराबरपछि हलसिटी र चेल्सी दुवैले शीर्ष स्थानमा फर्कने अवसर गुमाए । हलसिटी चार खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ ।

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

उपाधि दाबेदार चेल्सी इंग्लिस प्रिमियर लिगको चौथो चरणमा हल सिटीसँग बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी नवप्रवेशी टोली हलसिटीसँग दुई–दुईको बराबरीमा रोकियो । खेलमा चेल्सीले अग्रता बनाए पनि जोगाउन सकेन । अन्तिममा अंक खोस्न चेल्सीलाई हम्मेहम्मे परेको थियो । चेल्सीका लागि मोर्गन रोजर्स र जोआओ पेड्रोले गोल गरेका थिए । हलसिटीका लागि दुवै गोल मोहमेद बेलोउमीले गरेका हुन् । 

खेलको सातौँ मिनेटमै रोजर्सले चेल्सीलाई अग्रता दिलाए । पेड्रोको पासमा रोजर्सले गोल गरेका हुन् । तर, यो अग्रता धेरैबेर टिकेन । मोहम्मदले २८औँ मिनेटमा हलसिटीलाई बराबरीमा ल्याएका थिए । ३४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा हलसिटीले पहिलो हाफमा दुई–एकको अग्रता बनाउन सफल भयो । 

पहिलो हाफमा अग्रता बनाएर पनि पछि परेको चेल्सीले ६६औँ मिनेटमा दुई–दुईको बराबरी ग¥यो । कोल पाल्मरको पासमा पेड्रोले गोल गर्दै टोलीको हार टारेका हुन् । बाँकी समय दुवै टोलीले गोलको अवसर बनाए । चेल्सीको तुलनामा हलसिटीले बढी अवसर बनायो । तर, चेल्सीका नयाँ गोलकिपर इमिलियानो माार्टिनेज चम्किएपछि हलसिटी तेस्रो जित निकाल्न असफल भएको थियो । 

यो बराबरपछि हलसिटी र चेल्सी दुवैले शीर्ष स्थानमा फर्कने अवसर गुमाए । हलसिटी चार खेलमा आठ अंकसहित तेस्रो स्थानमा छ । टोली यसै सिजनमा बढुवा भएको हो । यद्यपि, सानदार प्रदर्शन गर्दै आइरहेको छ । चेल्सी सात अंकसहित चौथो स्थानमा छ ।  प्रिमियर लिगमा तीन खेलबाट समान नौ अंकसहित म्याचनेस्टर सिटी पहिलो र आर्सनल दोस्रो स्थानमा छन् ।

 लिभरपुल घरेलु मैदानमै रोकियो
लिभरपुल पनि फुलहमसँग घरेलु मैदानमै गोलरहित बराबरीमा रोकिएको छ । एनफिल्डमा एन्डोनी इराओलाको टिम एक अंकमै चित्त बुझाउन बाध्य भएको हो । इराओलाले अट्याकमा इलेक्जान्डर इसाक, नयाँ अनुबन्ध भएका ब्राड्ली बार्काेला, भिक्टोर मुनोज, फ्लोरिअन विट्जसलगायतलाई जिम्मेवारी दिए पनि गोलको खडेरी तोड्न सकेनन् । 

यो सिजन खराब लयमा रहेको लिभरपुलको यो तेस्रो बराबरी हो । अपराजित रहेपछि टोलीले चार खेलमा मात्र ६ अंक जोडेको छ । उपाधि दाबेदार टोली छैटौँ स्थानमा छ । यता, फुलहमले भने प्रतियोगितामा पहिलो अंक हासिल गरेको छ । यसअघि खेलको तीनै खेलमा टिम पराजित भएको थियो । 

 फोरेस्टको जित
प्रिमियर लिगकै अर्काे खेलमा नटिंघम फोरेस्टले एस्टन भिल्लालाई दुई–एक ले हराएको छ । एस्टन भिल्लाको भिल्ला पार्कमा भएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो । लिआन डेलापको गोलमा भ्रमणकारी टोली फोरेस्टले ४६औँ मिनेटमा अग्रता बनायो । घरेलु टोलीका ऐल्यसन एडवार्डले ७४औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् । तर, इगर जेसुसले खेल सकिन दुई मिनेटअघि गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । प्रतियोगितामा पहिलो जितपछि फोरेस्ट पाँच अंकसहित ११औँ स्थानमा उक्लिएको छ । 

पराजित एस्टन भिल्लाले लगातार कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ । टोली एक अंकसहित १९औँ स्थानमा छ । यता, अर्काे खेलमा इपस्विच टावनले क्रिस्टल प्यालेसलाई तीन–दुईले पराजित गर्यो । 

See More On

सुझावित समाचार