विद्युत् प्राधिकरणका आयोजनाका मात्रै १९६ जना सम्पर्कविहीन छन् । निर्माणाधीन त्रिशूली ३ बी जलविद्युत्का २१ कर्मचारीहरू सम्पर्कमा छैनन् । यसैगरी, चिलिमेको पावर प्लान्टका ६ र आवास क्षेत्रका एक कर्मचारी पनि सम्पर्कमा आएका छैनन् ।
चिलिमे जलविद्युत् कम्पनीबाट त्रिशूली ३ बीमा कार्यरत ११ जना, रसुवागढी जलविद्युत्का ९२ जना, त्रिशूली–३ ‘ए’ को पावरहाउसका ४५ जना, त्रिशूली र देवीघाट जलविद्युत्मा कार्यरत एक–एकजना, चिलिमेको स्विचयार्डमा काम गर्ने एक र सोही वितरण केन्द्रको एक मिटर रिडर पनि सम्पर्कमा छैनन् । यस्तै, त्रिशूली २२० केभी ३ बी हब सबस्टेसनमा ठेकेदारका १६ जना कामदार पनि सम्पर्कविहीन रहेका छन् ।
निजी क्षेत्रबाट अघि बढाइएको आयोजनाका कामदार पनि सम्पर्कविहीन छन् । २१६ मेगावाटको अपर त्रिशूली १ मा आठ कोरियन नागरिक र १० जना कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका २५ जना कर्मचारी र ३५ जना कामदार सम्पर्कविहीन छन् ।