- प्रिमियर लिगको शीर्ष चारमा रहने टिमले सिधै च्याम्पियन्स लिग खेल्न पाउँछन् । त्यसैले लिगमा शीर्ष चारमा रहन पनि निकै प्रतिस्पर्धा हुने देखिन्छ ।
युरोपेली फुटबलको नयाँ सिजनको ‘काउन्टडाउन’ सुरु भइसकेको छ । साबिक विजेता आर्सनल र नवप्रवेशी कोभेन्ट्री सिटीबिचको खेलसँगै इंग्लिस प्रिमियर लिग सुरु भयो । ला लिगाको पहिलो चरणको खेल सकिने अवस्थामा छ । युरोपका अन्य प्रमुख लिगहरू भने सुरु हुँदै छन् । फ्रान्सको फ्रेन्च लिग वान, इटालीको सिरी ए लिग र जर्मनीको बुन्डेस लिगा
चाँडै सुरु हुने अवस्थामा रहेका छन् । यी पछिल्लो दशक उत्कृष्ट युरोपका लिग हुन् । यस सिजनमा पाँच उत्कृष्ट लिगका विशेषता र उपाधि दाबेदार टिम यस्ता छन्:
इंग्लिस प्रिमियर लिग : आर्सनल नै बलियो
२२ वर्षपछि गत सिजनमा उपाधि जितेको आर्सनल नै यसपटक इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदार टिम हो । यसपटक म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, चेल्सीजस्ता टिम उनलाई चुनौती दिनेछन् । तर, अधिकांश इंग्लिस पण्डितहरूको नजरमा उपाधि जित्ने टिम भनेकै आर्सनल हो । आर्सनल मिकेल अर्टेटाको प्रशिक्षणमा रहनेछ । कम्युनिटी सिल्डमा सिटीलाई हराएपछि आर्सनलको मनोबल झनै बढेको पाइन्छ ।
प्रिमियर लिगको शीर्ष चारमा रहने टिमले सिधै च्याम्पियन्स लिग खेल्न पाउँछन् । त्यसैले लिगमा शीर्ष चारमा रहन पनि निकै प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक प्रिमियर लिगमा नौ नयाँ प्रशिक्षक छन् । पेप ग्वार्डिओलाजस्ता चर्चित प्रशिक्षक हुनेछैनन् । सिटीका रोड्रिगो र लिभरपुलका मोहम्मद सलाह हुनेछैनन् । यद्यपि, सिटीका एर्लिङ हाल्यान्डले सबैले नजर आफूतर्फ तान्नेछन् । यता चेल्सीले लिभरपुलका पूर्वखेलाडी ज्याभी ओलोन्सोको नेतृत्वमा खेल्नेछ । पछिल्लो सिजनका कमजोर प्रदर्शन गरेको चेल्सीलाई उकास्ने काम पनि जाभीकै हुनेछ ।
ला लिगा : ‘द स्पेसल वान’ माउरिन्होको पुनरागमन
१३ वर्षपछि जोसे माउरिन्हो पुनः रियाल मड्रिडको प्रशिक्षकका रूपमा फर्किएका छन् । सन् २०२४ मा केलिएन एमबाप्पेलाई अनुबन्ध गरेपछि रियाल मड्रिडले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिए पनि टोलीको सन्तुलन अपेक्षाकृत रूपमा मिल्न सकेन । जुड वेलिंघम, भिनिसियस जुनियरले जादु देखाउन सकेनन् । नतिजा, पछिल्लो सिजन प्रशिक्षक परिवर्तन गरिरहँदा पनि रियालले एकै उपाधि जित्न सकेन । टोलीलाई थप मजबुत बनाउन यसपटक मार्क कुकुरेला, इब्राहिम कोनाटे, डेन्जेल डुमफ्रिज र बर्नाडो सिल्भाजस्ता खेलाडी भित्र्याइएको छ ।
अर्कोतर्फ, ह्यान्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोना यस सिजनमा पनि लगातार तेस्रोपटक ला लिगा उपाधि जित्ने मुख्य दाबेदार मानिएको छ । रोबर्ट लेवान्डोस्की बाहिरिएपछि युवा स्टार एन्थोनी गोर्डन र करिम एडेयेमीलाई अनुबन्ध गरिएको छ ।
यसपटकको विशेषता भनेको विश्व च्याम्पियन कप्तान रोड्रिगो अनुबन्ध भएका छन् । लामिन यमल, पेड्री, कुवार्सीजस्ता विश्व च्याम्पियन खेलाडी बार्सिलोनाको जर्सीमा हुनेछन् । त्यसैले पनि यसपटक बार्सिलोनामा टिकीटाका शैली देखिने विश्वास गरिएको छ । यस सिजनमा यी दुईबिच नै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एट्लेटिको मड्रिड, भिल्लारियाल, रियाल बेटिसजस्ता टिमले दुवै टिमलाई चुनौती दिनेछ । अन्य टिम भने आ–आफ्नो स्थान बनाउनै संघर्ष गर्नेछन् । सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबरको अन्त्यमा क्याम्प नोउमा हुनेछ ।
इटाली सेरिए ‘ए’ : म्यानेजरको हेरफेर र उपाधि होड
इटालियन सिरी एमा इन्टर मिलान नै उपाधि दाबेदारका रूपमा हेरिएको छ । इन्टर नै उपाधि रक्षा गर्ने अभियानमा उभिनेछ । एसी मिलान, नापोली, एटलान्टा, युभेन्ट्स, रोमाजस्ता टिमले इन्टरलाई चुनौती दिनेछन् । एसी मिलान रुबेन अमोरिमको प्रशिक्षणमा हुनेछ । पछिल्लो सिजन शीर्ष चारमा स्थान बनाउन नसकेको उसलाई दबाब हुनेछ । नापोलीले म्याक्स एलेग्रीलाई भित्र्याएर जितको लय फर्काउने आशा राखेको छ । नापोली, एसी मिलान, एटालान्टा र लाजियो सबै नयाँ प्रशिक्षकका साथमा मैदानमा उत्रँदै छन् ।
जियान पिएरो ग्यास्पेरिनीको नेतृत्वमा रहेको रोमाले सन् २००१ पछिको पहिलोपटक उपाधि जित्ने आशा गरेको छ । एक त पछिल्लो समय इटालियन राष्ट्रिय फुटबल टिमको खस्किँदो नतिजाका कारण सिरी ‘ए’लाई आफैँमा उत्कृष्ट बन्नुपर्ने दबाब छ ।
जर्मन बुन्डेसलिगा : बायर्नको दबदबा कसले रोक्ला ?
भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको बायर्न म्युनिखलाई नै नयाँ सिजनको मुख्य दाबेदार मानिएको छ । भनिन्छ, बुन्डेसलिगामा उसलाई रोक्ने टिम नै छैन । उसको मुख्य हतियार नै कप्तान ह्यारी केन हुनेछन् । इंग्ल्यान्डका यी कप्तानले क्लब आएपछि ९४ खेलमा ९८ गोल गरिसकेका छन् । उनलाई अग्रपंक्तिमा माइकल ओलिसे र लुइस डियाजले आक्रमणमा साथ दिनेछन् । केनले बायर्न आएपछि जित्न नसकेको एउटै उपाधि भनेको च्याम्पियन्स लिग हो । त्यसलाई पूरा गर्ने अवसर यसपटक छ । बायर्नका प्रतिस्पर्धी टोलीमा बोरुसिया डर्टमुन्ड, आरबी लाइपजिग र बायर लेभरकुसेनजस्ता टिमलाई हेरिएको छ । यी टिमले नै बायर्नलाई रोक्ने चुनौती पेस गर्नेछन् ।
साल्के तीन वर्षपछि शीर्ष लिगमा फर्किएको छ । उसले डर्टमुन्डसँगको चर्चित डर्बी सम्झाउनेछ । यता केवल १३ हजार जनसंख्या भएको सहरको टोली एल्भर्सबर्ग पहिलोपटक बुन्डेसलिगा खेल्दै ऐतिहासिक यात्रा तय गर्दै छ ।
फ्रेन्च लिग वान : पिएसजीको वर्चस्व
युरोपियन च्याम्पियन्स लिगको लगातार सफलतापछि पेरिस सेन्ट जर्मेन (पिएसजी) १५ सिजनमा १३औँपटक फ्रेन्च लिग वानको उपाधि जित्ने दाउमा छ । लुइस इन्रिक्वेको प्रशिक्षणमा रहेको टोलीले पछिल्ला सिजनमा सानदार प्रदर्शन गरेको छ ।
टिममा औसमाने डेम्बेलेपछि मोनाकोबाट म्याग्नेस एक्लिउचे अट्याकमा थपिएका छन् । एस्टन भिल्लाबाट डिफेन्डर लुकास डिग्ने अनुबन्ध भएका हुन् । यसपटक पिएसजीलाई रोक्ने टिम भनेको मोनाको र मार्सेली नै हो । मोनाकोले पूर्वब्राजिलियन डिफेन्डर फिलिप लुइसलाई म्यानेजर बनाएको छ ।