ग्रिनफिल्ड सेमिफाइनलमा

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

आयोजक ग्रिनफिल्ड १३औँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिनफिल्डले इन्नोभेटिभलाई ३१–२२ ले पराजित गर्यो ।

ग्रिनफिल्डको जितमा अजय मगरले १० स्कोर योगदान गरे । सिनियर महिलामा सेजल रोकाको २३ स्कोरको सहयोगमा रेडियन्टले काठमाडौं भ्यालीलाई ४३–३० ले हराउँदै सेमिफाइनलमा पुग्यो ।

सिनियर पुरुषमा रेडियन्ट पब्लिकले ज्ञान निकेतनलाई ६२–४५ ले हरायो । संस्कृति इन्टरनेसनल स्कुलले राइजिङ स्टारमाथि ५७–४८ को जित निकाल्यो । इन्नोभेटिभले क्षेत्रलाई ५३–४० ले हरायो । मार्बलसले ब्राइट होराइजनलाई ५९–५६ को झिनोअन्तरमा पाखा लगायो ।

काठमाडौं भ्यालीले काठमाडौं जेभियर्सलाई ६६–४८ र सनसाइनले साइन मोडेललाई ४४–३१ ले हराउँदै क्वार्टरफाइनल स्थान पक्का गरे । अर्को खेलमा गण्डकीले न्यु जेनिथलाई ४४–३२ र पुष्पसदनले एन्जल लर्डलाई ४६–४४ ले पाखा लगाउँदै अन्तिम स्थान पक्का गरे । 

सुझावित समाचार