साउनमा इतिहासकै बढी ग्यास आयात

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल आयल निगमले गत साउन महिनामा इतिहासकै धेरै एलपी ग्यास आयात गरेको छ। साउनमा ५७ हजार ३१६.३८ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।

निगमका अनुसार गत वर्ष चैतमा ३८ हजार ७९९.४५ मेट्रिक टन ग्यास आयात भएकोमा वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टनमा सीमित भएको थियो। त्यसपछि लगातार सो परिमाण बढेको देखिन्छ।

जेठमा ३२ हजार ८४२.२९, असारमा ४४ हजार ५४४.५० र साउनमा ५७ हजार ३१६.३८ मेट्रिक टन ग्यास आयात भएको हो।

सुझावित समाचार