ट्रम्पले फेरि दिए ओमानमाथि बमबारी गर्ने धम्की

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मित्र राष्ट्र ओमनलाई अमेरिका–इरानबिचको सम्झौतामा अवरोध पुर्याउने कुनै काम गरे बमबारी गर्ने चेतावनी दिएका छन् । 

अमेरिका र इरानबिचको वार्ता प्रयास अवरुद्ध भएको समयमा ओमान ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने विषयमा तेहरानसँग अलग रूपमा वार्ता गरिरहेको छ । उता इरानले अमेरिकासँग भने सिधै कुरा नगर्ने बताएको छ । 

सोमबार नै इरानी अधिकारीहरूले ओमानसँग हर्मुजको विषयमा जारी वार्ता निष्कर्षनजिक पुगेको बताएका थिए । उता सोमबार वासिंगटन र तेहरानबिचको ६० दिने समझदारी ज्ञापनपत्र (एमओयू)को समयावधि सकिएको छ । यो समय अवधि सकिएसँगै अब इरान र अमेरिकाबिच पुनः युद्ध सुरु हुने चिन्ता बढेको छ । इरानले वार्ता पुनः सुरु हुने कुरा अमेरिकी व्यवहारमा भर पर्ने बताएको छ । 

ट्रम्पले ओमानलाई धम्की दिएको यो पहिलोपटक होइन । यसअघि पनि ट्रम्पले अमेरिकाको सहयोगी देश ओमानलाई आक्रमणम गर्ने चेतावनी दिएका थिए । तथापि, इतिहासमा कहिल्यै पनि ओमान र अमेरिकासँग प्रत्यक्ष द्वन्द्व भएको छैन । 

विवादित स्ट्रेट अफ हर्मुजको केही भाग ओमनमा पनि पर्छ । ओमानले आफूलाई अमेरिका–इरान युद्धमा तटस्थ राख्ने प्रयास गरे पनि उच्च दबाब सामाना गरिरहेको छ । 

See More On

सुझावित समाचार