कुनै भेलाको निर्णय पार्टी विधानको अंग बन्दैन : सभापति थापा

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि भेलाको छलफलका विषय र निर्णयहरू पार्टी विधानको अंग नबन्ने प्रस्ट पारेका छन्।

सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘कुनै पनि भेलामा प्रस्तुत भएको विचार, प्रतिवेदन वा भेलाले गरेका निर्णयहरू पार्टीको नीति वा विधानको अंग बन्दैन। त्यसैले पार्टीका निम्ति त्यो स्वीकार्य हुँदैन।’

यद्यपि, पार्टी रचनात्मक बहसका लागि खुला रहेको र यो कांग्रेसको परम्परासमेत भएको सभापति थापाले बताए।

पार्टीको आधिकारिक दृष्टिकोण निर्माण गर्न महासमिति, महाधिवेशन, विशेष महाधिवेशन र घोषणा पत्रको व्यवस्था रहेको बताउँदै उनले भने, ‘यी हाम्रा अधिकार सम्पन्न निकाय हुन्। जसमा लेखिएका कुराहरू, जसले पारित गरेका कुराहरू पार्टीका आधिकारिक विषय बन्दछन्।’
 

सुझावित समाचार