रास्वपाले खुलायो गाउँपालिकाका उम्मेदवारको आवेदन

क्यान्डिडेट क्लबको घोषणा

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि गाउँपालिका तहमा उम्मेदवारको आवेदन खुलाएको छ । पार्टी सभापति रवि लामिछानले ‘क्यान्डिडेट क्लब’को घोषणा गर्दै आवेदन खुला गरेका हुन्। 

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ‘क्यान्डिडेट क्लब’को घोषणा गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानले यसपटक आन्तरिक प्रतिस्पर्धा गराएर उम्मेदवार छनोट गरिने बताए । उम्मेदवार चयनका लागि सुरुवातदेखि नै पार्टीमा लागेर काम गरेका कार्यकर्तालाई प्राथमिकतामा राखेर निर्णय हुने उनको भनाई छ । तर, कोही क्षमतावान युवाहरू आएमा उनीहरुको प्रवेश पनि नरोकिने उनले बताए । 

कार्यक्रममा उनले रास्वपामा  कुनै गुट तथा उपगुट नरहेको बताए । ‘असरमा सम्पन्न महाधिवेशनसँगै सबै गुट, उपगुट सक्किए,’ उनले भने,‘अब एउटा रास्वपा र एउटै विधि छ । महाधिवेशनबाट सबै समायोजन भइसकेको छ ।’

रास्वपाले मोबाइल एपमार्फत उम्मेदवारको आवेदन खुलाएको हो । नगरपालिका र महानगरपालिकामा भने पछि आवेदन खुलाइने पार्टीले जनाएको छ । 

सुझावित समाचार