राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ‘क्यान्डिडेट क्लब’ घोषणा गर्ने भएको छ।
पार्टीले क्यान्डिडेट क्लब घोषणा गर्न आज साँझ साढे ५ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेको उपस्थिति रहने पार्टीले जनाएको छ। क्यान्डिडेट क्लबमार्फत आगामी निर्वाचनका लागि उम्मेदवार छनोट तथा तयारी प्रक्रियालाई थप व्यवस्थित बनाउने रास्वपाको योजना रहेको छ।