आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ७१० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।