देउवालाई स्वागत गर्दै कांग्रेसले भन्यो– अभिभावकीय भूमिका निर्वाह गर्नेमा विश्वस्त छौँ

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण
देउवालाई स्वागत गर्दै कांग्रेसले भन्यो– अभिभावकीय भूमिका निर्वाह गर्नेमा विश्वस्त छौँ

फाइल तस्बिर

नेपाली कांग्रेसले लामो समयपछि स्वदेश फर्किएका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठक देउवालाई स्वागत गर्दै स्वास्थ्यलाभको कामना गरेको छ। 

केन्द्रीय कार्यसमितिले पार्टीको गर्विलो इतिहास निर्माणमा देउवाको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गरेको नेतृत्वप्रति सम्मान प्रकट गर्दै निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। 

‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ।

सुझावित समाचार