खोलाले बगाउँदा विद्यार्थीको मृत्यु

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

विद्यालयको पढाइ सकेर मंगलबार बेलुका घर फर्कँदै गरेका एक बालकलाई खोलाले बगाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । खोलाले बगाएर मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका– ४, तिर्थेका पाँच वर्षीय बालक सुसान्त सुनुवार रहेका छन् ।

उनी चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीमा इसिडी कक्षामा अध्ययनरत थिए। आफ्नो घर अलि टाढा तिर्थे पर्ने स्थानमा भएकाले उनी विद्यालयनजिकै गौरीखर्कमा रहेको मावली घरमा बसेर पढ्दै आएका थिए । 

सुसान्त सदाझैँ पढाइ सकेर घर फर्कँदा गर्दा अकस्मात् ठुलो वर्षा भयो । वर्षासँगै सडकमा आएको पानीले बगाउँदा उनी च्याखे धाराको खोल्सामा परे र उनलाई पानीले बगाउँदै लैजाँदा सोही स्थानमा उनको मृत्यु भएको हो । स्थानीयहरूले उक्त घटनाको विषयमा प्रहरीलाई जानकारी गराएपश्चात् जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक कमल राउतको टोली घटनास्थल पुगेको छ । 

घटनास्थल पुगेको प्रहरीको टोली घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि बुधबार बिहान दोलखाको जिरी अस्पताल पठाइएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

See More On

सुझावित समाचार