श्रीमतीकाे हत्या प्रयास गर्ने श्रीमान् पक्राउ

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ परेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका– १३, रामघाटका ४९ वर्षीय जयबहादुर रानालाई श्रीमतीको हत्या प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । 

घरायसी विवादका क्रममा रानाले ५० वर्षीया महेश्वरी रानालाई बुधबार साँझ शरीरमा पेट्रोल छर्केर आगो लगाएर हत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।

घाइते महेश्वरीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि नेपालगन्ज लगिएकोमा थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको प्रहरीले जनाएको छ। महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा गरी करिब ३५ देखि ३६ प्रतिशत जलेको अस्पतालले जनाएको छ।
 

सुझावित समाचार