फिफाका भावी अध्यक्षका लागि चलखेल सुरु

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

फिफाका महत्वपूर्ण फुटबल प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना विवादास्पद योजना असफल भएपछि अध्यक्ष जियानी इन्फान्टिनो एक्लै परेका छन् । इन्फान्टिनो अहिले आफ्नो पद बचाउन संघर्ष गरिरहेका छन् । अर्को वर्षको मार्चमा फिफाको निर्वाचन हुँदै छ । तर, उनको पुनः चौथो कार्यकालका लागि फिफा अध्यक्ष हुने सपना पूरा नहुने छाँटकाँट देखिएको छ । विशेष गरी युरोपले इन्फाटिनोको साथ छाड्दै गइरहेको छ ।

अघिल्लोपटकको निर्वाचनमा अध्यक्षमा विजयी बनाउन महत्वपूर्ण योगदान दिएका इंग्ल्यान्ड र वेल्सजस्ता फुटबल संघले आगामी फिफा निर्वाचनमा इन्फाटिनोलाई साथ नदिने घोषणा गरेका छन् । यी दुवै फुटबल संघले इन्फान्टिनोलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । यसैक्रममा अन्य युरोप, उत्तर र दक्षिण अमेरिका र एसियाका राष्ट्रहरूले समर्थन फिर्ता लिँदा इन्फान्टिनोले राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ । अहिले फिफाको भावी अध्यक्षका रूपमा विभिन्न नाम बाहिरिएका छन् । फिफाको नयाँ अध्यक्षको टुंगो आगामी मार्चमा मोरोक्कोमा हुने सम्मेलनले लगाउनेछ । चुनावमा उठ्न चाहनेले आगामी नोभेम्बर १८ सम्ममा आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ ।

भिक्टर मोन्टाग्लियानी (क्यानडा)
भिक्टर उत्तर र मध्य अमेरिकाको फुटबल महासंघका अध्यक्ष हुन् । भिक्टरलाई इन्फान्टिनोको विश्वास पात्र मानिन्छन् । गत महिना सम्पन्न २३औँ फिफा विश्वकपमा उनले इन्फान्टिनोलाई साथ दिएका थिए । अहिले भिक्टर अहिले इन्फान्टिनोको समूहबाट लगभग अलगजस्तै भएका छन् । उनलाई अंग्रेजी, फ्रेन्च, इटालियन र स्पेनिस भाषा राम्रोसँग बोल्न आउँछ । भिक्टरलाई फिफा अध्यक्षका रूपमा प्रमुख दाबेदारका रूपमा राखिएको छ ।

इब्राहिम अल खालिफा (बहराइन)
खालिफा एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष हुन् । एसियाले सधैँ फिफालाई सघाउँदै आएको छ । तर, यसपटक एसिया पनि इन्फान्टिनोको विपक्षीमा उभिएको छ । खालिफाले इन्फान्टिनोको पछिल्लो निर्णय र योजनाको कडा आलोचना गरेका छन् । फिफा अध्यक्षमा उम्मेदवार दिँदा उनलाई ४६ एसियाली राष्ट्रहरूको साथ पाउनेछ । ६० वर्षीय खालिफा सन् २०१३ देखि एएफसीको अध्यक्षमा छन् । अर्को वर्ष एएफसीमा उनको कार्यकाल सकिँदै छ ।

नासिर अल खेलाफी (कतार)
फ्रेन्स लिग वानको क्लब पेरिस सेन जर्मेन (पिएसजी)का अध्यक्ष नासिर अल हुन् । पिएसजीले लगातार दोस्रोपटक युरोपियन च्याम्पियन्स लिग उपाधि रक्षा गर्नुको पछाडि उनको योगदान अहम् मानिन्छ । पिएसजीमा राम्रा खेलाडी भित्र्याउनेदेखि कुशल प्रशासन व्यवस्था मिलाउने श्रेय उनलाई जान्छ । पिएसजीमा आबद्ध भएका कारण उनको प्रभाव युरोपमा ठुलो छ । यद्यपि, उनलाई फिफा अध्यक्ष बन्न कुनै चासो नभए पनि एक समूह नासिर अललाई उम्मेदवार बनाउने प्रयासमा रहेको एजेन्सीले जनाएको छ ।

म्याथियास ग्राफस्ट्रोम (स्विडेन)
इन्फान्टिनोको विश्वासिलो पात्र रूपमा वर्तमान महासचिव म्याथियास हुन् । धेरैजसोले म्याथियासलाई इन्फान्टिनोका दायाँ हात मान्ने गर्छन् । फिफाको प्रशासनिक कार्यमा दक्षता हासिल गरेकी उनलाई पनि अध्यक्षकै रूपमा अगाडि सार्ने प्रयास भइरहेको छ । यद्यपि, म्याथियासले यसपटक फिफा अध्यक्ष युरोप बाहिरको हुनुपर्ने माग राखेकी छिन् ।

आर्सेन वेंगर (फ्रान्स)
फुटबल जगत्मा वेंगरलाई एक कुशल प्रशासनिक मानिन्छ । इंग्लिस प्रिमियर लिगमा आर्सनललाई दुई दशकभन्दा बढी प्रशिक्षण गरेका वेंगर भलाद्मी हुन् । खासै नबोल्ने उनले फिफाको ग्लोबल विकास परियोजनामा प्रमुखका रूपमा काम गरेका छन् । वेंगरले विभिन्न समयमा इन्फान्टिनोलाई सहयोग गर्दै आइरहेका छन् । इमानदार छवि बनाएका वेंगरलाई पनि अध्यक्षका रूपमा अगाडि बढाइने योजना छ । 

See More On

सुझावित समाचार