सल्यान प्रहरीले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्मा गाउँपालिका– ४ निवासी ५५ वर्षीय रुद्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चन्दलाई साउन १६ गते बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ । आरोपित चन्दलाई सोमबार पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर रोकायले जानकारी दिए ।
जबर्जस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यौनजन्य हिंसा तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामा पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन संवेदनशील र प्रभावकारी रूपमा अनुसन्धान भइरहेको जनाएको छ।