सल्यानमा तीन नाल अवैध भरुवा बन्दुक बरामद

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइराखिएका तीन नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।

बनगाड कुपिण्डे नगरपालिका– १२ स्थित सिद्धगुफा सामुदायिक वनबाट दुई र त्रिवेणी गाउँपालिका– २ स्थित ठाँटीबोट सामुदायिक वनबाट एक नाल अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जंगलमा  लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उक्त अवैध बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर रोकायाले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भइरहेको रोकायको भनाइ छ।
 

सुझावित समाचार