वीरगन्जमा डुबेर दुई बालिकाको मृत्यु

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– २६ स्थित निर्माणाधीन पुलभित्र डुबेको अवस्थामा दुई बालिका मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । डुबेर मृत्यु हुनेमा स्थानीय तीन वर्षीया र पाँच वर्षीया बालिकाहरू रहेको पर्साका प्रवक्ता प्रहरी नायब प्रहरी चक्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार मृतक बालिकाहरू सोमबार अभिभावकसँग खेतमा गएको र हराएपछि अभिभावकले प्रहरीमा निवेदन दिएका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले दुवै बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएर अहिले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

See More On

सुझावित समाचार