स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर दुई लाख ८८ हजार पाँच सय रुपैयाँ पुगेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार ४१० रुपैयाँ कायम थियो। बजारमा सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले कारोबारमा समेत प्रभाव पार्ने व्यवसायीहरूले बताएका छन्।