ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले वार्षिक ठुलो धनराशि छुट्याउनुपर्ने बाध्यता

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले वार्षिक बजेटमा ठुलो धनराशि छुट्याउनुपर्ने बाध्यता बढ्दै गएको छ ।

समीक्षा वर्षमा सार्वजनिक ऋण सेवा खर्चका लागि चार खर्ब ११ अर्ब एक करोड तीन लाख विनियोजन गरिएकोमा असार मसान्तसम्म ९३.९७ प्रतिशत अर्थात् तीन खर्ब ८६ अर्ब २२ करोड ७० लाख खर्च भइसकेको छ । यो कुल ऋण सेवा खर्च मुलुकको कुल जिडिपीको ५.८५ प्रतिशत हुन आउँछ ।

सरकारले आन्तरिक ऋण भुक्तानीतर्फ तीन खर्ब ४३ अर्ब ५५ करोड ८७ लाख बजेट विनियोजन गरेकोमा तीन खर्ब ११ अर्ब ९३ करोड ९३ लाख अर्थात् ९०.८० प्रतिशत भुक्तानी गरेको छ ।

त्यसैगरी, वैदेशिक (बाह्य) ऋण भुक्तानीतर्फ ७७ अर्ब सात करोड ४५ लाख बजेट विनियोजन भएकोमा ९६.३८ प्रतिशत अर्थात् ७४ अर्ब २८ करोड ७७ लाख भुक्तानी भइसकेको छ ।

See More On

सुझावित समाचार