नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटे त्यसको जिम्मेवारी सभापति गगन थापाले लिनुपर्ने बताएका छन्। सभापतिले एकताका लागि पहल नगरेको टिप्पणी गर्दै कोइरालाले बुधबार इतरपक्षले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्।
‘धेरै समय गुज्रिसकेको छ, कथमकदाचित सभापतिजीले छिट्टै पहल गर्नुभएन र दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ,’ उनले भने।
सभापति व्यक्तिवादी भएको र अरूको इसारामा चलेको आरोप लगाउँदै कोइरालाले थपे, ‘सभापतिजी बिपीको विचारलाई सम्झनुस्, व्यक्तिवादी चरित्र छोड्नुस्, स्वार्थीपन छोड्नुस् र कसैको इसारामा नहिँड्नुस्।’