दाङको तुलसीपुर उपमहानगरपालिका– ६, रजौरास्थित कमलपोखरी तालनजिक निर्माणाधीन पानीट्यांकीभित्र दुईजना मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा एकजना ठेकेदार र एकजना मिस्त्री रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उक्त निर्माण कार्य मनिराम खड्काको घरमा भइरहेको बताइएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ र घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। मृतकहरूको परिचय र मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।