कीर्तिपुरको चाँदनीचोकमा कारभित्र जलेर एककाे मृत्यु

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

कीर्तिपुरस्थित चाँदनीचोकमा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन् । कारभित्र आगलागी कसरी भयो, मृत्यु आगो लाग्नुअघि भएको हो वा आगलागीकै कारण भएको हो भन्ने विषय अहिले प्रहरी अनुसन्धानको केन्द्रमा छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रमाण संकलन गरिरहेको छ।

मृतकको परिचय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। कारमा लागेको आगो प्राविधिक खराबी, योजनाबद्ध घटना वा अन्य कुनै कारणले लागेको हो भन्ने विषयमा फरेन्सिक तथा प्राविधिक परीक्षणसमेत गरिने तयारी छ।

See More On

सुझावित समाचार