नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका– ४ स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान करिब ८:४५ बजे अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.१ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका एक बालकलाई बचाउने प्रयास गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका चालक प्रेमबहादुर जर्घासहित मानबहादुर सिँजाली, दृष्टि सारुमगर, ललिसरा सारुमगर,अनिता गाहामगर र निरमा गाहामगर रहेका छन्।
घाइतेमध्ये चारजनाको लुम्बिनी सिटी अस्पताल, बुटवलमा तथा दुईजनाको चिसापानी अस्पतामा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक प्रेमबहादुर जर्घा र मानबहादुर सिँजालीको अवस्था सामान्य रहेको छ भने अन्य चारजनाको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।