सेजको बक्यौता भाडा असुल गर्न प्राधिकरणको ताकेता

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

सरकारले औद्योगिक क्षेत्रपछि विशेष आर्थिक क्षेत्र (सेज)को बक्यौता भाडा असुल कार्यलाई तीव्रता दिएको छ । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले लामो समयदेखि भाडा नतिर्ने उद्योगलाई पत्राचार गरेर भुक्तानीका लागि एक साताको म्याद दिएको हो ।

प्राधिकरणले तोकिएको समयमा बक्यौता भाडा नतिरे बिजुली–पानी काटिदिने चेतावनीसमेत दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवको ठाडो निर्देशनपछि सेजभित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौँदेखि उठ्न बाँकी भाडा असुली प्रक्रिया तीव्र पारिएको मन्त्रीको सचिवालयले जनाएको छ । 

प्राधिकरणले ताकेता गरेपछि हालसम्म १६ करोड रुपैयाँ बक्यौता भाडा असुली भएको सचिवालयले जनाएको छ । ‘पहिलो सूचीअनुसार ६ करोड १४ लाख ५८ हजार दुई सय ५९ रुपैयाँ १२ पैसा असुली भएको छ भने दोस्रो सूचीअनुसार नौ करोड ९५ लाख ९२ हजार चार सय ९२ रुपैयाँ ४१ पैसा असुल गरिएको छ,’ सचिवालयले उल्लेख गरको छ, ‘दुवै सूचीमा गरी १६ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ ।’ 

See More On

सुझावित समाचार