अर्थ मन्त्रालयले कर प्राेत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेकाे छ। जसअनुसार कर तिर्ने दुईजनाले हरेक महिना गाेलाप्रथाबाट महिनामा १०–१० लाख पाउनेछन्।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान)मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
एक सय रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल र रेस्टुरेन्टमा बिल भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ। उक्त बिल नम्बरबाटै गाेलाप्रथा हुनेछ। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिने मन्त्रालयले जनाएकाे छ।