नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई आज दुई लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ८० रुपैयाँले बढेर आज चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार २४० रुपैयाँ रहेको थियो।