घट्यो बजाजको मासिक किस्ताबन्दी र ब्याजदर

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा यो योजना सार्वजनिक गरिएको हो । योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा तीन वर्षको सट्टा अधिकतम पाँच वर्षसम्मको ऋण सुविधा उपलब्ध हुने बताइएको छ । 

यो व्यवस्थासँगै मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्नेछ । पहिलोपटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ । यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ ।

यो सुविधा प्लाटिना–१०० इएसदेखि डोमिनार–४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुने कम्पनीले जनाएको छ । नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना–१०० इएस मा मासिक किस्ता करिब तीन हजार दुई सय ५५ बाट घटेर दुई हजार एक सय २४ कायम भएको छ । त्यस्तै, डोमिनार–४०० को पाँच हजार तीन सय ७० मा झरेको बताइएको छ । 

यसैगरी, पल्सर १२५, पल्सर एन १२५, पल्सर १५०, पल्सर एन १५०, पल्सर एन १६०, पल्सर २२० एफ, पल्सर २०० एनएस, पल्सर एन २५० तथा एनएस ४००जेड लगायत मोडेलमा पनि मासिक किस्ता उल्लेख्य रूपमा घटाइएको कम्पनीको भनाइ छ । यो सुविधाले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोटरसाइकल छनोट गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

See More On

सुझावित समाचार