महालक्ष्मी विकास बैंकका सामाजिक उत्तरदायित्व कार्यक्रम

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण–सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकारलगायतका क्षेत्रमा कार्यक्रम गरेको हो । 

यसैक्रममा बैंकले झापाको श्री पृथ्वी मावि, बागलुङको श्री सल्यान सुखौरा मावि, हेटौँडाको श्री वंशगोपाल आधारभूत विद्यालय, गैँडाकोटको श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीका लागि आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको जनाइएको छ ।

त्यसैगरी, बैंकको बेलौरी शाखा, रामनगर, कञ्चनपुरमार्फत श्री कृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई ८० थान विद्यालय झोला वितरण गरिएको बैंकको भनाइ छ । यसका अलावा सिमरा, बारामा रहेको सिमरा कलेजलाई थप प्रविधिमैत्री बनाउन बैंकको सिमरा शाखाले एक थान ल्यापटप सहयोग गरेको हो ।

आर्थिक स्रोतको अभावले गुणस्तरीय शिक्षा प्रदान गर्नबाट कोही वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको बैंकले बताएको छ । बझाङमा शिक्षोदय माविस्थित सूचना केन्द्रलाई थर्मोमिटर, बिपी सेट, प्राथमिक उपचार बाकस, स्ट्रेचरलगायतका विभिन्न स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गर्न शाखा कार्यालय बझाङमार्फत आर्थिक सहयोग गरिएको जनाइएको छ । 

सुझावित समाचार