युनाइटेड अजोडको लाभांश पारित

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ४.२८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अनुसार हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशत अर्थात् नौ करोड ९० लाखबराबरको बोनस सेयर र ५२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश रहेको छ । बोनस र नगद लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६४ करोड पुग्ने बताइएको छ । 

सोही सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि पारित गरिएको छ । 

See More On

सुझावित समाचार