सन सेक्युरिटिजको सेयर तालिम

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

सन सेक्युरिटिज प्रालिले निःशुल्क सेयर तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौंबाहिर तथा नेपालबाहिर बसेर विभिन्न पेसा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी १० दिनको सेयर तालिम सञ्चालन गर्न लागेको हो । तालिममा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार, तालिममा सेयरबजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फन्ड म्यानेजर्सले सेयर छनौट गर्ने विधि, लगानीमा लिभरेजको प्रयोग तथा जोखिम व्यवस्थापनबारे जानकारी दिइनेछ । नेपालमा लगानीका लागि उपलब्ध वित्तीय साधन, भ्यालु इन्भेस्टिङ र मल्टिबैगर्स सेयर पत्ता लगाउने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगलगायतका विषय समेटिने बताइएको छ । 

सुझावित समाचार