दूरसञ्चार प्राधिकरण अध्यक्षमा घिमिरे

नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को २४ असारको बैठकले आगामी चार वर्षका लागि घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष घिमिरेले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे । उनले सोमबार नै पद तथा गोपनीयताको शपथसमेत लिए ।

नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका उच्च अपेक्षा रहेको बताए । दूरसञ्चार क्षेत्रका समस्या समाधानमा विशेष ध्यान दिन र कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।

नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर अधिकारको दुरुपयोग नगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सुझावित समाचार