नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मुलुकको विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
सार्वजनिक मौद्रिक नीतिको वार्षिक समीक्षाअनुसार विस्तृत मुद्रा प्रदाय १५.२ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा विस्तार भने ६.५ प्रतिशतमा सीमित भएको छ।
समीक्षा प्रतिवेदनले १० महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको जनाएको छ भने वैशाखमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ।