सुनचाँदीको मूल्य घट्यो

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार भने सुन तोलामा दुई लाख ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलामा चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो । 

सुझावित समाचार