नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टलमा छुट

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रालिबिच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार यस बैंकमा खाता भएका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई चाबहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दीबासमा रहेको ॐ समाज डेन्टल हस्पिटलमा उपचार गर्दा बिरामी दर्ता र चेकअपमा शतप्रतिशत तथा अस्पतालका अन्य सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

यो सहकार्यबाट बैंकका ग्राहक र कर्मचारी लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

सुझावित समाचार