माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड– २०२५ अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ ।
बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरेका हुन् । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणमा अपनाइएको उच्चस्तरीय अभ्यासको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।
यस सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रियस्तरका प्रतिवेदन मापदण्ड अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास बैंकले व्यक्त गरेको छ ।