जुनमा ९१ हजार विदेशी पर्यटक नेपाल भित्रिए

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार तीन सय ६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटिबी)ले अध्यागमन विभागको तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार हवाईमार्गबाट नेपाल आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०२५ को जुन महिनामा ७६ हजार चार सय २५ विदेशी पर्यटक नेपाल आएका थिए ।

कोभिड–१९ महामारीअघि पर्यटनका हिसाबले उत्कृष्ट मानिएको सन् २०१९ को जुन महिनामा ७४ हजार आठ सय ८३ पर्यटक नेपाल आएका थिए । त्यसको तुलनामा यस वर्षको जुनमा पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको बोर्डले जनाएको छ ।

तथ्यांकअनुसार जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी ४८ हजार दुई सय ५४ जना दक्षिण एसियाली (सार्क) मुलुकका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो । भारतबाट मात्रै ४१ हजार आठ सय नौ पर्यटक नेपाल आएको तथ्यांक छ ।

See More On

सुझावित समाचार