ऊर्जा तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठले करिब ८० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको सुर्खेत वितरण केन्द्रमा सेवाग्राहीहरूले भोग्दै आएका समस्या तथा गुनासालाई मध्यनजर गर्दै थप नयाँ काउन्टर थप्ने जनाएका छन् । शुक्रबार काउन्टरको अवलोकन गर्दै मन्त्री श्रेष्ठले हाल सञ्चालनमा रहेका दुईवटा सेवा काउन्टरले बढ्दो भिड व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीहरूले लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै उक्त समस्यालाई समाधान गर्न शनिबारदेखि नै थप नयाँ काउन्टर सञ्चालनमा ल्याउने बताएका हुन् ।
त्यसैगरी, सेवामा देखिएको अत्यधिक चापलाई सम्बोधन गर्दै गुणस्तरीय तथा झन्झटमुक्त सेवा प्रवाह सुनिश्चित गर्न नयाँ शाखा विस्तारको प्रक्रियासमेत सुरु गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सेवाप्रवाहलाई प्रभावकारी बनाउन संरचनागत सुधार र सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ।