पेट्रोल पम्पहरूले बुधबार दिउँसो नियमित माग परिमाणअनुसार नै तेल उठाएका छन् । काठमाडौं उपत्यकासहित नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा इन्धन बिक्री गर्ने आयल निगमको थानकोट डिपोबाट बुधबार पम्पहरूले १३ लाख ६ हजार लिटर पेट्रोल र १२ लाख ७४ हजार लिटर डिजेल उठाएको डिपो प्रमुख जगदीश यादवले जानकारी दिए ।
त्यस्तै, सुदूरपश्चिमका पम्पहरूले दुई लाख ९० हजार लिटर पेट्रोल र सात लाख २४ हजार लिटर डिजेल उठाएको धनगढी डिपो प्रमुख मनोहर डिसीले जानकारी दिए । कर्णाली प्रदेशका पम्पले ८८ हजार लिटर पेट्रोल र दुई लाख ३२ हजार लिटर डिजेल उठाएको निगमको सुर्खेत कार्यालय प्रमुख दीपक घिमिरेले जानकारी दिए ।