नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली (बुट मोडेल)मार्फत चारवटा प्रसारणलाइन आयोजना अघि बढाएको छ ।
प्राधिकरणका अनुसार नेपाल, भारत, चीन र अमेरिकालगायतका देशका १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमहरूले ती आयोजनाका लागि आशयपत्र पेस गरेका छन् ।
यसमध्ये पावर ट्रान्समिसन कम्पनी नेपाल, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, शिवश्री–डाँफे संयुक्त उपक्रम तथा बलेफी हाइड्रोपावर, शर्मा एन्ड कम्पनी, लिटमस केबल–जेड इन्फ्रा संयुक्त उपक्रमले टिएल–४ का लागि आशयपत्र पेस गरेका हुन् ।