मेटलाइफको बिमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

 मेटलाइफ नेपालले व्यतीत बिमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म जरिवाना छुटको घोषणा गरेको छ । कम्पनीले सीमित अवधिका लागि यो अभियान सञ्चलान गरिएको जनाएको छ । मेटलाइफका ग्राहकले वान बाई मेटलाइफ एप वा नजिकको मेटलाइफ शाखा कार्यालयमार्फत यो सुविधा लिन सक्नेछन् ।

अभियानअन्तर्गत पाँच वर्षभित्र व्यतीत भएका पोलिसी पुनः सक्रिय गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट तथा पाँच वर्षभन्दा बढी समयदेखि व्यतीत रहेका पोलिसी नवीकरण गर्दा ७५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ । १६ जुलाईसम्म सञ्चालन हुनेछ । 

यस अवधिमा ग्राहकले अतिरिक्त जरिवाना बचत गर्दै आफ्नो बिमा सुरक्षा पुनः स्थापित गर्न सक्नेछन् । वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकले शाखा कार्यालयमा उपस्थित नभई घरबाटै सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था गरिएको छ ।

एपमार्फत पोलिसी पुनः सक्रिय गर्न ग्राहकले एपमा लगइन गरी ‘माई इन्स्योरेन्स’अन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि ‘रिइन्स्टे«ट पोलिसी’ विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेस गर्न सकिने कम्पनीले जनाएको छ । पुनः सक्रियताको अवस्थासमेत एपबाटै हेर्न सकिने कम्पनीको भनाइ छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले ग्राहकका लागि बिमा सेवालाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल सेवाको विस्तार गरिएको बताए । 

See More On

सुझावित समाचार